कलाकार निर्मल शर्मालाई कोरोना संक्रमण पुष्टि
२३ कार्तिक, रौतहट । कलाकार, निर्देशक निर्मल शर्मा ‘गैडा’ कोरोना भाइरस(कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
यही कार्तिक २१ गते शुक्रबार गराएको कोरोना पिसिआर टेष्टमा उनका कोरोना रिपोट पोजेटिभ आएको हो ।
शर्माले आफूलाई कोरोना संक्रमण भएको सामाजिक संजालमार्फत जानकारी गराएका छन् ।
‘एक दिन सामान्य ज्वरो आएको बाहेक कुनै लक्षण देखा नपरेपनि हिजो गरेको पिसिआर टेष्टमा मेरो रिपोट पोजेटिभ आएको जानकारी गराउँछु’ शर्माले अगाडि लेखेका छन्, ‘आजबाट १४ दिन पूर्ण रुपमा घरमै बसी कोरोनामुक्त हुने प्रयास गर्नेछु ।’
शर्माले आफूसँग सम्पर्कमा आएका सबैलाई समेत सचेत रहन र लक्षण देखापरे टेष्ट गराएर सुरक्षित रहन अनुरोध समेत गरेका छन् ।
शर्मा पछिल्लो समय छोटा फिल्म, विज्ञानपन चलचित्र, म्युजिक भिडियो र टेलिचलचित्र निर्माण निर्देशनमा व्यस्त रहँदै आएका छन् ।






