दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच खेल हुँदै
२३ कात्तिक, रौतहट । इन्डियन प्रिमियर लिग (आईपीएल) टी—२० क्रिकेट अन्तर्गत फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच खेल हुँदैछ । मुम्बई इन्डियन्स यसअघि नै फाइनल प्रवेश गरिसकेको छ ।
लिग चरणमा मुम्बई पहिलो र दिल्ली दोस्रो भएको थियो । पहिलो क्वालिफायरमा दिल्लीलाई हराउँदै मुम्बई फाइनलमा पुगेको हो । लिगमा शीर्ष दुईमा रहेको दिल्लीले पहिलो क्वालिफायर हारेपनि अर्को अवसर पाएको हो ।
यस्तै लिगमा तेस्रो भएको हैदरावादले चौथो भएको बैंगलोरलाई एलिमिनेटरमा पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।