धनुषामा एकै दिन श्रीमान–श्रीमतीको मृत्यु
द नेपाल मिडिया
१७ कार्तिक २०७७, सोमबार १७:००
१७ कार्तिक, रौतहट । धनुषा जिल्लाको शहीद नगरपालिका–१ निवासी रामखेलाबन यादव र उनकी पत्नी सुमिन्त्रादेवीको सोमबार बिहान एकै दिन मृत्यु भएको छ ।
रामखेलाबन ९१ बर्षका थिए भने उनकी पत्नी ८८ बर्षकी थिइन् । आज बिहान ८ बजेर ५० मिनेतिर रामखेलाबन नित्यकर्म गरी बसिरहँदा एक्कासी उनको मृत्यु भएको थियो । त्यतिबेला घरभित्र रहेकी उनकी पत्नीले यो जानकारी पाएलगत्तै उनको पनि मृत्यु भएको मृतकका छोरा उपेन्द्रे बताए ।
उनकी पत्नीको पनि मृत्यु भएको एक छोरा र चार छोरीका आमा–बुवा एकैपटक मृत्यु भएपछि स्थानीयले त्रेतायुगमा श्रवणकुमारका माता पिताले एकैपटक मृत्युवरण गरेको घटनालाई सम्झेका छन् ।
एकै दिन मृत्यु भएका दम्पतिको एउटै चितामा अन्तिम संस्कार समेत गरिएको छ ।