नेहा कक्करको विवाहको केही तस्विरहरु

   १३ कार्तिक २०७७, बिहीबार १६:३८  

१३ कात्तिक, रौतहट । बलिउडकी चर्चित गायिका नेहा कक्करको विवाह भएको छ। उनले गायक तथा कलाकार रोहन प्रितसँग विवाह गरेकी हुन्। कक्करको गायकीसँगसँगै व्यक्तिगत जीवन पनि चर्चामा छ।

सन् २००६ को इन्डियन आइडलको सेटबाट उदाएकी नेहा कक्करपछि यही शोमा निर्णायक पनि बनिन्। उनको स्वरलाई फरक र सजिलै चिन्न सकिने भनेर व्याख्या गरिन्थ्यो।

उनै नेहा कक्कर पछिल्लो इन्डियन आइडल सिजनको निर्णाक बनिन्। गायन करियरसँगै उनको प्रेम जीवन पनि चर्चामा रह्यो। सन् २०१८ मा नेहालाई बलिउडका नायक हिमांस कोहलीले इन्डियन आइडलको सेटमा नै प्रेम प्रस्ताव राखेका थिए।

तर केही समयपछि यी दुई छुट्टिएको खबर आयो। कक्कर लामो समयसम्म ब्रेकअपको पीडामा रहिन्। तर सन् २०२० को अक्टोबर २४ मा उनको विवाह भएको छ।

उनले रोहन प्रितसँग लगन गाँठो कसेकी छन्। नेहा र रोहनले केही समयको प्रेम सम्बन्धपछि विवाह गरेका हुन्। रोहन र नेहाको उमेरमा ७ वर्षको भिन्नता छ।

कोरोनाको कहरका बीचमा भएको विवाहमा नेहा यस्ती देखिएकी छन्ः