सलमानको टीआरपी रेटिङ चर्चामा

   ७ कार्तिक २०७७, शुक्रबार १२:४६  

७ कार्तिक, रौतहट ।

भारतीय टेलिभिजनबाट प्रशारण हुने विभिन्न शो तथा सिरियलहरुको चर्चा टीआरपी रेटिङका कारण पनि हुने गर्दछ । हरेक हप्ता सार्वजनिक हुने टीआरपी रेटिङले शोलाई दर्शकले कुन तरिकाले हेरिरहेका छन् भन्ने थाहा हुन्छ ।

नायक सलमान खानले संचालन गर्दै आएको ‘बीग बोस १४’ नामक शो प्रशारण भैरहेको छ । तर, यो शोले दर्शकको साथ उल्लेखनिय रुपमा नपाएको यो हप्ता सार्वजनिक भएको टीआरपी रेटिङबाट पनि थाहा हुन्छ ।

सलमानको यो शो टीआरपी रेटिङको टप ५ मा पनि पर्न सकेको छैन । ब्रोडकास्ट अडियन्स रिसर्च कौसिल इन्डियाले सार्वजनिक गरेको उत्कृष्ट ५ शोको रेटिङको पहिलो नम्बरमा ‘अनुपमा’ नामक शो रहेको छ । गत हप्ता ‘कुन्डली भाग्य नम्बर १’ नामक शोले पहिलो स्थान कब्जा गरेको थियो ।

यो हप्ता टीआरपी रेटिङको उत्कृष्ट ५ मा अनुपमा, कुन्डली भाग्य नम्बर १, कुमकुम भाग्य, छोटी सरदारनी र तारक महेत्ताका उल्टा चश्मा छन् ।