कोरोनाका कारण दाङको लमहीमा कार्तिक १ लेखि १५ गतेसम्म विद्यालय बन्द हुने

   २८ आश्विन २०७७, बुधबार १४:२०  

२८ असोज, रौतहट । दाङको लमही नगरपालिकाले कोरोनाको जोखिम बढ्दै गएको कारण नगरपालिकाभित्रका सबै विद्यालय कार्तिक १ गतेदेखि १५ गतेसम्म बन्द गर्ने भएको छ ।

नगरपालिकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालय बन्द रहने नगरपालिका अन्तर्गतको शिक्षा शाखाले जनाएको छ । सरकारको सिकाइ निर्देशिका अनुसार असोज पहिलो सातादेखि लमहीसहित जिल्लाका विद्यालयहरुले अस्थायी सिकाइ केन्द्रमार्फत पठनपाठनलाई गति दिएका थिए ।

घोराहीमा यसअघि नै विद्यालय बन्द भइसकेका छन् ।

यसैगरी वंगलाचुली गाउँपालिकाले पनि अर्को सूचना नआउदासम्म विद्यालय बन्द भएको जनाएको छ ।

मंगलवार एक सूचना प्रकाशित गर्दै अर्को सूचना नहुँदासम्मका लागि गाउँपालिकाभित्रका विद्यालयहरुको पठनपाठन बन्द गरिएको जनाएको हो ।