प्रधानमन्त्रीलाई ऋचा शर्माको प्रश्न
२३ असोज, रौतहट । बलात्कारको घटना दैनिक बढ्दै जाँदा बालिका, किशोरी एवं महिलाको सुरक्षा बारे प्रश्न उठिरहेका छन्। सेलिब्रेटीदेखि आम मानिस सामाजिक सञ्जालमा वहस गरिरहेका छन्।
यसै विषयमा अभिनेत्री एवं फिल्म निर्माता ऋचा शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेखेकी छिन्। फेसबुकमा उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै नेपालमा महिलाहरू सुरक्षित नभएको बताएकी छिन्। राष्ट्रपति महिला भएको देशमा बलात्कार जस्तो जघन्य अपराधलाई कानून कार्यान्वयन गर्नुपर्ने निकायहरूले सामान्य ढङ्गमा लिएको देख्दा आफू अझै सीताले अग्नि परिक्षा दिएको युगमा भएको महसुस गरेको बताएकी छिन्।
लेखेकी छिन्,’यो ठाउँमा छोरी जन्माउन सुरक्षित छैन। छोरा जन्माउन पनि डर लागेको छ। जति संस्कार र अनुशासन सिकाउन खोजे पनि यो देश र यहाँको कानूनले केही नगर्ने रहेछ भन्ने मनस्थिति हुर्किने पीर पर्न थालेको छ।‘
पत्रमा उनले नेपालीहरू प्रविधिको हिसाबले विकसित भए पनि सोंचले पिछडिएको बताएकी छिन्। प्रधानमन्त्रीलाई जनताको नभए पनि एकचोटी परिवारका छोरी(नातिनीको सुरक्षा बारे सोच्न आग्रह गरेकी