सबै तहका परीक्षा सञ्चालनको सरकारले  दियो अनुमति

   २१ आश्विन २०७७, बुधबार १६:२०  

काठमाडौं : कोभिड-१९ संक्रमण बढ्दै गर्दा सरकारले सबै परीक्षाहरु सञ्चालनका लागि अनुमति दिएको छ। जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरी सबै शैक्षिक संस्थालाई परीक्षा सञ्चालनको सैद्धान्तिक सहमति दिइएको सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

सोमवार बसेको मन्त्रिपरिषदको बैठकले परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो। ‘जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी आयोग बोर्ड, प्रतिष्ठान, विश्वविद्यालय, शैक्षिक संस्थालाई सबै तहको परीक्षा सञ्चालनमा सैद्धान्तिक सहमति दिने निर्णय भएको छ,’ ज्ञवालीले भने।

यस्तै मन्त्रिपरिषद बैठकले शिक्षक सेवा आयोगको अध्यक्ष छान्नका लागि सिफारिस समिति गठन गरेको छ। लोक सेवा आगोगको अध्यक्षको अध्यक्षतामा त्रिभुवन विश्विविद्यालका उपकुलपति र शिक्षा मन्त्रालयक सचिवसहितको ३ सदस्यीय सिफारिस समिति बनाएको ज्ञवालीले जानकारी दिए।

राष्ट्रिय परिक्षा बोर्डका परीक्षा बोर्डका कर्मचारीको पदपूर्ति सम्बन्धी प्रक्रिया शुरु गर्ने पनि मन्त्रिपरिषदले निर्णय गरेको छ।

मदन भण्डारी विश्विवद्यालमा पूर्वाधार विकास समिति गठन आदेशमा संशोधन गर्ने पनि निर्णय भएको ज्ञवालीले बताए।