टिकटकसहित ५९ चिनियाँ एपमाथि भारतले लगायो प्रतिबन्ध
२०७७ असार १७, रौतहट । सर्वाधिक लोकप्रिय भिडियो शेयरिङ एप टिकटकसहित विभिन्न ५९ वटा चिनियाँ स्मार्टफोन एपहरुमाथि भारतले प्रतिबन्ध लगाएको छ ।
चीनसँगको बढ्दो तनावका बीच भारतमा चिनिया सरसामान, एप तथा सफ्टवेयरहरु बहिष्कार गर्ने अभियान चलिरहेको बेला भारत सरकारको यस्तो निर्णय आएको हो ।
यद्यपि भारत सरकारले जारी गरेको विज्ञप्तिमा प्रतिबन्धित लगाइएका एपहरु चिनियाँ एपहरु भएको कतै खुलाइएको छैन । तथापि प्रतिबन्ध लगाइएका अधिकांश एपहरु चीनमा बनेका वा चिनियाँ कम्पनीहरुको स्वामित्वमा रहेका छन् ।
प्रतिबन्धित हुनेहरुमा भारतमा मात्र नभइ विश्वमै अत्यधिक लोकप्रिय बनिरहेको टिकटकसँगै युसी ब्राउजर तथा शेयरइटलगायतका एप छन् । प्रतिबन्धित एपहरुमा गेमिङ, ब्युटी क्यामरा, ब्राउजर, न्यूज तथा अन्य युटिलिटी एपहरु रहेका छन् ।
भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयका अनुसार भारतको सम्प्रभुता एवम् एकता, सुरक्षा तथा व्यवस्थाका लागि हानिकारक रहेको हुँदा ती एपहरु प्रतिबन्धित गरिएको हो । बन्देज लगाइएका एपहरु एन्ड्रोइड तथा आईओएस दुवै प्लाटर्फममा प्रतिबन्धित हुनेछन् ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, भारतका करोडौँ मोबाइल तथा इन्टरनेट प्रयोगकर्ताहको हितलाई ध्यानमा राख्दै भारतीय साइबर स्पेसको सुरक्षा सुनिश्चित गर्नका लागि यस्तो कदम चालिएको हो ।’
भारत सरकारको प्रतिबन्धसँगै अब एन्ड्रोइड तथा आईओएस दुवै प्लाटर्फमहरुले भारतमा आफ्नो स्टोरबाट ती एपहरुलाई हटाउनु पर्नेछ । भारतले एपहरुमाथि प्रतिबन्ध लगाएको घोषणा गरेता पनि उल्लेखित एपहरु इन्स्टल गरिसकेका प्रयोगकर्तालाई त्यस्ता एप प्रयोग नगर्न तथा अनइस्टल गर्न भने आग्रह गरेको छैन । यसको अर्थ आफ्नो मोबाइल उल्लेखित एपहरु इन्स्टल गरिसकेका प्रयोगकर्ताहरुले ती एपहरु आफैले नहटाएसम्मका लागि प्रयोग गर्न सक्नेछन् ।
यद्यपि एप स्टोरबाट ती एपहरु हटाइएसँगै प्रयोगकर्ताहरुले आफ्नो मोबाइलमा इन्स्टल भैसकेका एपहरुमा अपडेट प्राप्त गर्ने छैनन् ।
भारत सरकारले प्रतिबन्ध लगाएका ५९ वटा एपको सूची –
- TikTok
- Shareit
- Kwai
- UC Browser
- Baidu map
- Shein
- Clash of Kings
- DU battery saver
- Helo
- Likee
- YouCam makeup
- Mi Community
- CM Browers
- Virus Cleaner
- APUS Browser
- ROMWE
- Club Factory
- Newsdog
- Beutry Plus
- UC News
- QQ Mail
- Xender
- QQ Music
- QQ Newsfeed
- Bigo Live
- SelfieCity
- Mail Master
- Parallel Space
- Mi Video Call – Xiaomi
- WeSync
- ES File Explorer
- Viva Video – QU Video Inc
- Meitu
- Vigo Video
- New Video Status
- DU Recorder
- Vault- Hide
- Cache Cleaner DU App studio
- DU Cleaner
- DU Browser
- Hago Play With New Friends
- Cam Scanner
- Clean Master – Cheetah Mobile
- Wonder Camera
- Photo Wonder
- QQ Player
- We Meet
- Sweet Selfie
- Baidu Translate
- Vmate
- QQ International
- QQ Security Center
- QQ Launcher
- U Video
- V fly Status Video
- Mobile Legends
- DU Privacy