माधव नेपालको भनाई; गोविन्द केसीको ज्यान बचाउनु पहिलो प्राथमिकता
२० असोज, रौतहट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवं पूर्वप्रधामन्मी माधवकुमार नेपालले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षामा सरकारको ध्यान आर्कषण गराएका छन् ।
२३ दिनदेखि त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा. केसीको जीवन रक्षा पहिलो प्राथमिकता रहेका हो । ‘नेपालले भने तत्कालै अनशन अन्त्य गर्ने वातावरण बनाएर सरकारलाई उहाँको ज्यान बचाउनुपर्छ ।’
पूर्वप्रधानमन्त्री नेपालले नेकपाले समाजवादी नीति लिएका कारण स्वास्थ्य क्षेत्रमा सामान्य जनताको पहुँच स्थापना गर्ने पक्षमा पार्टी उभिनुपर्ने बताए ।
साथै सरकारले विगतमा डा. केसीसँग गरेको सम्झौता कार्यान्वयनमा पनि ध्यान दिनुपर्ने उनले बताए । तर, अहिले डा. केसीको ज्यान बचाउनु प्राथमिक महत्वको विषय हो ।






