बलिउड अभिनेत्री तमन्ना भाटियालाई कोरोना संक्रमण पुष्टि

   १९ आश्विन २०७७, सोमबार ११:३८  

१९ असोज, रौतहट । दक्षिण भारतीय तथा बलिउड अभिनेत्री तमन्ना भाटियालाई कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

पछिल्ला दिनहरुमा लक्षण देखिएपछि हैदरावादको एक निजी अस्पतालमा पीसीआर परीक्षण गर्दा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । तर, लक्षणका कारण उनी फेरी कोरोना परीक्षण गराउदा उनमा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएपछि कलाकारहरु तथा फ्यानले तमन्नाको स्वास्थ्यलाभको कामना गरेका छन् । उनी केही दिनदेखि वेब सिरिजका लागि हैदरावादमा थिइन् ।

यसअघि अगस्टमा तमन्नाका आमा र बुवालाई पनि संक्रमण भएको थियो । तर तमन्नाका रिपोर्ट नेगेटिभ आएको थियो ।

बलिउडमा अमिताभ बच्चन र उनको परिवारदेखि लिएर मलाइका अरोडा, अर्जुन कपूर, आफताब शिवदासानी, जेनेलिया डिसूजा, किरण कुमारलगायत कलाकारलाई कोभिड १९ को संक्रमण भइसकेको छ ।