एक नम्बरमा प्रियंकाको संस्मरण
१८ असोज, रौतहट । प्रियंकाले लेखेकी छन्, ‘१२ घण्टामा अमेरिकामा नम्बर एक स्थानमा पुर्याइदिएकोमा सबैलाई धन्यवाद। मलाई आशा छ सबैले किताब मन पराउनु हुनेछ।’ प्रियंकाको यो ट्विटमा धेरै प्रतिक्रिया आइरहेको छ। प्रियंकाले यो किताबमा आफ्नो जीवनका सानासाना घटना पनि उल्लेख गरेकी छन्।
यसअघि उनले किताबको नामबारे एक पोस्ट गरेकी थिइन्। उनले लेखेकी थिइन्, ‘मैले यो संस्मरणको नाम लेख्न सुरु गर्नुभन्दा वर्षौंपहिले राखेको थिएँ। २० वर्षदेखि एक सावर्जनिक व्यक्ति भएको नाताले मसँग लामो सूची थियो। यसलाई मैले व्यक्तिगत र व्यावसायिक रूपमा हेर्नुपर्ने थियो। म ज्यादा अनफिनिस्ड छु।’
प्रियंका पछिल्ले पटक फिल्म ‘द स्काई इज पिंक’ मा देखिएकी थिइन्। उनको आगामी फिल्म ‘द ह्वाइट टाइगर’ हो यसको सुटिङका लागि उनी दिल्ली आएकी थिइन्। यसका साथै उनी ‘वी क्यान बी हिरोज’, ‘द म्याट्रक्सि–२’ मा पनि प्रियंका काम गरिरहेकी छन्।






