मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गर्न ओली र प्रचण्डबीच छलफल

   १३ आश्विन २०७७, मंगलवार १३:०७  

१३ असोज, रौतहट । सरकारी निवास बालुवाटारमा आज पनि नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबारदेखि उनीहरूबीच मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भइरहे पनि कुरा मिल्न सकेको छैन । आज पनि सोही विषयमा छलफल भइरहेको स्रोतले जनाएको हो । प्रधानमन्त्री निकटका एक स्थायी कमिटी सदस्यले भने मंगलबारको बैठकमा दुई अध्यक्षबीच सहमति हुने दाबी गरेका छन् ।

नेकपा उपाध्यक्ष वामदेव गौतमलाई प्रचण्डले सरकारमा लैजान चाहेका छन् । उपाध्यक्ष वामदेव गौतमबारे परेको रिटमा सर्वोच्च अदालतले असोज १४ गते सुनुवाइ हुँदैछ । प्रचण्डले १४ गतेको सुनुवाइका आधारमा मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने अडान राख्दै आएका छन् । प्रचण्डलाई वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले पनि साथ दिएका छन् ।