बालुवाटारमा नेकपा सचिवालय बैठक बस्दै

   ६ आश्विन २०७७, मंगलवार ११:०९  

६ असोज, रौतहट । सरकारी निवास बालुवाटारमा नेकपा सचिवालय बैठक आज बस्दै छ ।

साढे ९ बजे बोलाइएको बैठकका लागि मन्त्रीहरु बालुवाटारमा आउने क्रममा रहेको प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाइले जानकारी दिए । मन्त्रिपरिषद्मा नियमित एजेण्डामाथि छलफल हुने उनले बताए ।

त्यस्तै आज साढे १२ बजे नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दैछ । बैठक बालुवाटारमा नै बोलाइएको छ । सोमवार पेरिसडाँडामा बोलाइएको बैठक स्थगित गरिएको थियो ।

आज बस्ने बैठकमा पेरिसडाँडामा नै बसेको सचिवालय बैठकले तय गरेको एजेण्डामाथि छलफल हुने नेताहरुले बताएका छन् । बैठकले मन्त्रीपरिषद् पुनर्गठन, संवैधानिक नियुक्ती, पार्टी एकताका बाँकी काम र विविध गरी चार एजेण्डा तय गरेको थियो । आइतवार मन्त्रिपरिषद् पुनगर्ठनबारे छलफल भएको थियो ।

बैठक आजै समापन गर्ने तयारी नेकपाको छ ।