रियाले ड्रग्स केसमा श्रद्धा कपुर र सारा अली खान दुबैको नाम लिएको दाबी

   ५ आश्विन २०७७, सोमबार १४:५०  

५ असोज, रौतहट ।
सिंह राजपूतको मृत्युको मामिलामा जोडिएको ड्रग्स केसमा नायिका श्रद्धा कपुर र सारा अली खानलाई यसैहप्ता सोधपुछका लागि बोलाउने सम्भावना छ । मिडिया रिपोर्ट अनुसार नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले दुबैजनालाई समन पठाउन सक्नेछ । सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले सोधपुटमा श्रद्धा र साराको नाम लिएको बताइन्छ । एनसीबीले रियालाई दुई दिनको सोधपुछपछि सेप्टेम्बर ८ तारिखमा पक्राउ गरेको थियो । उनी मुम्बईको भायखला जेलमा छिन् ।

ड्रग्स केसमा रियासमेत २० जना पक्राउ,

रियाको जमानतको आग्रह दुई पटक खारेज भइसकेको छ । उनले सुशान्तका लागि ड्रग्सको बन्दोबस्त गरिदिने आरोप छ । ड्रग्स केसमा एनसीबीले रिया र उनका भाइ शोविकसमेत हालसम्म २० जनालाई पक्राउ गरेको छ । यसमा सुशान्तका कर्मचारी र लागुऔषध कारोबारी पनि समावेश छन् । सुशान्त केसमा ड्रग्सको कनेक्सनको खुलासा रियाको ह्वाट्सएप च्याट सार्वजनिक भएपछि भएको हो । च्याटमा ड्रग्स खरिद गर्नेबारे कुरा गरिएको थियो ।

रियाले एनसीबीलाई २५ सेलिब्रिटीको नाम बताएको रिपोर्टमा दाबी,

मिडिया रिपोर्टका अनुसार रियाले श्रद्धा र सारासमेत बलिउडका २५ सेलिब्रिटीको नाम एनसीबीलाई बताएकी छिन् । उनीहरुमाथि ड्रग्स लिएको वा ड्रग्सको नेटवर्कसँग जोडिएको आरोप छ ।

सुशान्तकी पूर्व म्यानेजरसँग आज सोधपुछ,

नायककी पूर्व म्यानेजर श्रुती मोदी र ट्यालेन्ट म्यानेजर जया साहालाई एनसीबीले आज सोधपुछका लागि बोलाएको छ । गत हप्ता एनसीबीको एक समूहका सदस्यमा कोरोना पोजेटिभ देखिएपछि श्रुती र जयासँग सोधपुछ हुन सकेको थिएन ।