विराट अनुष्कालाई मोदीले भने, ‘तपाईंहरु उत्कृष्ट आमाबुवा हुनुहुनेछ
२ असोज, रौतहट ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो जन्मदिनमा ट्वीटरमा बधाई दिनेहरुलाई धन्यवाद दिएका छन् । उनले विराट कोहली र अनुष्का शर्मालाई उनीहरु एक उत्कृष्ट आमा–बुवा बन्ने बताएका छन् भने कंगना रनोट र करन जोहरलाई पनि धन्यवाद दिएका छन् । यस्तै माधुरी दिक्षितलाई उनको र उनको परिवारको किचन गार्डनका लागि शुभकामना दिएका छन् ।
मोदीले किसान बिलको विरोधमा केन्द्रीय मन्त्रीमण्डलबाट राजिनामा दिने अकाली दलकी सांसद हरसिमरत कौरलाई पनि धन्यवाद दिएकी छिन् । मोदी बिहिबार ७० वर्ष पुगेका छन् ।
मोदीको जन्मदिनको उपलक्ष्यमा विराटले ट्वीट गरेका थिए, ‘देशका सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको अशेष शुभकामना ।’
करन जोहरले लेखे, ‘भारतीय सिनेमालाई विश्व स्तरमा पहिचान दिलाउने मेरो विचारले उहाँको समर्थन पाएको थियो ।’ यसको जवाफमा मोदीले आफूलाई यसबारे पूर्ण याद भएको बताउँदै सिनेमाका लागि उनको प्यासन सराहनीय भएको बताए ।
माधुरी दिक्षितले पनि मोदीलाई बधाई दिए । जवाफमा माधुरी दिक्षितलाई भने, ‘तपाईंको परिवारलाई किचन गार्डनका लागि शुभकामना ।’
मोदीले शाहरुखसँग भने, ‘मलाई विश्वास छ कि आइपीएल सिजनले तपाईंलाई असाध्यै व्यस्त राख्नेछ ।’
मोदीले आफ्नो मन्त्रीमन्डलकी पूर्व मन्त्री हरसिमरत कौरलाई धन्यवाद दिएका छन् । उनले जवाफमा भने, ‘तपाईंको आत्मनिर्भर भारत बनाउन खाद्य प्रशोधन क्षेत्रमा गरेको काम प्रशंसनीय छ ।’
सञ्जय दत्तले पनि मोदीलाई जन्मदिनको शुभकामना दिए ।
मोदीले कंगनालाई पनि धन्यवाद दिए ।
मोदीले सलमान खानलाई जवाफ दिन पुरानो भेटघाटको याद दिलाए ।
मोदीले ममतालाई पनि जवाफ दिए । धन्यवाद भने ।
ट्रम्पलाई जवाफमा भने, ‘दुबै देशको दोस्ती बलियो छ ।’