मोपिलियरसँग लियोन पराजित

   ३१ भाद्र २०७७, बुधबार १४:१८  

३१ भदौ, रौतहट। फ्रान्सेली लिग वानमा ठूला टिमको हार क्रम कायम रह्यो र मंगलबारको खेलमा लियोन मोपिलियएरको हातबाट २–१ ले पराजित रह्यो । विजयी टिमका लागि दुवै गोल टेजी साभानरले गरे ।

खेलको अन्त्यतिर लियोनका तर्फबाट मेम्फिस डिपेले सान्त्वना गोल फर्काए । अंक तालिकामा तीन खेलबाट सात अंक बटुलेर रेनेस शीर्ष स्थानमा रहेको छ । डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन ९पीएसजी० ले दुई खेलबाट कुनै अंक बटुल्न सकेको छैन ।

इंग्लिस लिगकपमा बर्नमाउथ विजयी

इंग्लिस लिगकपमा बर्नमाउथले नाटकीय टाइब्रेकरमा क्रिस्टल प्यालेसलाई ११–१० ले हराएर प्रतियोगिताको तेस्रो चरण पुगेको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा थियो ।

सुरुमा दुवै टिमका गरेर सबै २० आउटफिल्ड खेलाडीले पेनाल्टीमा गोल गरेका थिए । त्यसपछि दुवै टिमका गोलरक्षक चुके । यस्तो डेविड ब्रुक्सले आफ्नो दोस्रो प्रहारमा गोल गरे र यो नै निर्णायक सावित भयो ।

एजेन्सी