नायक अर्जुन कपुरलाई कोरोना संक्रमण पुष्टि

   २२ भाद्र २०७७, सोमबार ११:४०  

२२ भदौ, रौतहट । बलिउड नायकद्धय अमिताभ बच्चन, अभिषेक बच्चन, नायिका ऐश्वर्या राय कोरोना संक्रमणबाट मुक्त भैसकेका छन । कोरोना कहरकै कारण बलिउडकर्मीहरुले काम सुरु गर्न सकिरहेका थिएनन ।

तर, पछिल्लो केही दिनयता केही चलचित्रको छायांकन भने सुरु भएको छ । नायक अक्षय कुमार आफ्नो नयाँ चलचित्रको छायांकनका लागि बेलायत पुगेका छन । नायक अर्जुन कपुरले नायिका प्रिती सिंहको साथमा एक चलचित्रको छायांकन गरिरहेका थिए । उनै, अर्जुनले आफूलाई कोरोना पोजिटिभ देखिएको बताएका छन । सामाजिक संजालमार्फत कोरोना संक्रमित भएको जानकारी दिदै अर्जुनले घरमै आइसोलेसनमा बसेको उल्लेख गरेका छन ।

उनले आफूले ठिक महशुश गरिरहेको र डाक्टरको सल्लाहा अनुसार नै घरमा बसेको उल्लेख गरेका छन । उनको कोरोना रिपोर्ट आज बिहान मात्र पोजेटि आएको हो । अर्जुनले केही दिन अगाडि मात्र काममा फर्किएको बताएका थिए । चलचित्रको टिमले सम्पूर्ण सुरक्षा सावधानी अपनाएर काम गरिरहेको थियो ।

भारतीय मिडियाका अनुसार, नायिका मलाइका अरोराको पनि कोरोना रिपोर्ट पोजिटिभ आएको छ । तर, मलाइकाले यो बिषयमा केही पनि उल्लेख गरेकी छैनन ।