गोरखा क्याम्पसका आशिंक प्राध्यापकले व्यवस्थापनसम्बन्धी निर्देशिका २०७७’ जलाए
१६ भदौ, रौतहट । गोरखा क्याम्पसका आशिंक प्राध्यापकले त्रिभुवन विश्वबिद्यालयले भदौ १ गते जारी गरेको ‘अतिरिक्त आफूहरुलाइ करार गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका कक्षा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७७’ जलाएका छन ।
उक्त निर्देशिका आशिंक प्राध्यापक र क्याम्पस दुवैको हितमा नभएको भन्दै आशिंक प्राध्यापक संघ गोरखा क्याम्पस इकाइ समितिले मंगलवार क्याम्पस हाताभित्रै निर्देशिका जलाएको हो । ‘त्रिविले जारी गरेको निर्देशिकाले हाम्रो मागलाई सम्बोधन गरेन,’ समितिकी उपाध्यक्ष मेनुका सुवेदीले भनिन, ‘त्यसकै विरोधमा आज हामीले निर्देशिका जलाएका हौ ।’
त्रिविले माग पूरा गर्न दबाब दिँदै समितिले यसअघि गोरखा क्याम्पस प्रमुख र लेखा शाखाको कार्यकक्षमा तालावन्दी गरेको थियो । धर्ना कार्यक्रम यथावत रहेको सुवेदीले बताइन । हाल गोरखा क्याम्पसमा आशिंक प्राध्यापकको रुपमा २३ जना कार्यरत रहेका छन ।