भर्चुअल तेक्वान्दोमा मूलपानी डोजाङलाई दुई स्वर्ण
भदौ १४, रौतहट । मूलपानी तेक्वान्दो डोजाङले प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो ९पुम्से० प्रतियोगितामा २ स्वर्ण जितेको छ । काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको पहिलो दिन ६ स्पर्धाको नतिजा आउँदा मूलपानीले २ स्वर्ण जितेको हो ।
स्वर्ण विजेता मूलपानीका भिजन तामाङ (बायाँ) अध्यक्ष अशोक खड्काका साथमा । यसबाहेक मूलपानीले ३ रजत र २ कांस्य पनि हात पार्यो । बीजेश्वरी आवासीय मावि, कैलाली, रुपन्देही र चितवनले समान १–१ स्वर्ण जितेको आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।
यू–१२ पुरुष एकलमा मूलपानीका भिजन तामाङ पहिलो भए । उनले ६।३३ अंक जोडे । काभ्रेस्थलीका मिराज केसी ९६।२३० दोस्रो तथा मूलपानीका रोनिश नगरकोटी ९६।१३० र मूलपानीकै ईश्वर पराजुली ९६।०३० तेस्रो भए । सोही स्पर्धाको महिलामा बीजेश्वरीकी पूर्णिमा बस्नेतले स्वर्ण जितिन् । उनले ६।९३ अंक जोडिन् । मूलपानीकी मेलिना राई ९६।५०० ले रजत तथा गोदावरी फिट्नेसकी सर्गम थापा ९६।३०० र काभ्रेस्थलीकी सुस्मिता कार्की ९६।२०० ले कांस्य हात पारे ।
यू–१५ पुरुष एकलमा कैलालीका अमनकुमार कठारिया ६।२६ अंकसहित शीर्ष स्थानमा रहे । मूलपानीका आयुष ढुंगेल ९६।१४० द्वितीय तथा सैनिक महाविद्यालयका सुजन श्रेष्ठ ९६।१३० र चन्द्रसूर्यका योग्य राई ९६।०६० तृतीय बने । त्यसै स्पर्धाको महिलामा चितवनकी आँचल बाज्पईं पहिलो भइन् । आँचलले ६।४६ अंक प्राप्त गरिन् । ६।३३ अंकसाथ मूलपानीकी प्रगति कुइँकेल दोस्रो भइन् । बीजेश्वरीकी प्राप्ति पुन ९६।१६० तथा काभ्रेस्थलीकी विनिशा खड्गी ९६।१०० ले तेस्रो स्थान हासिल गरे ।
पुरुष ३१–४० वर्ष उमेरसमूहको एकलमा रुपन्देहीका सुरज श्रेष्ठ पहिलो भए । उनले ५।९३ अंक जोडे । मैत्रीका रामचन्द्र व्यञ्जनकार ९५।६६० दोस्रो तथा बागलुङका नन्द विष्ट ९५।५६० र योन्सुफका दुर्गामान तामाङ ९५।३६० तेस्रो भए । उक्त स्पर्धाको महिलामा मूलपानीकी तृप्ति बुढाथोकीले डाइनामिककी जानकी तामाङलाई पछि पार्दै स्वर्ण चुमिन् । तृप्तिले ५।४३ तथा जानकीले ५।१६ अंक जोडे ।
दुईदिने प्रतियोगितामा १९ टिमका १ सय ७० खेलाडीको सहभागिता रहेको खड्काले जनाएका छन् । पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धा समावेश छन् । दोस्रो तथा अन्तिम दिन बाँकी ५ स्वर्णको टुंगो लाग्नेछ । अध्यक्ष खड्कासहित मीन न्यौपाने, हीराबहादुर थापा, नोर्बु लामा र विक्रम खड्गीले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् ।