सीपीएलमा ट्रिनबागो लगातार पाचौ जित हाथ पार्न सफल
भदौं १२ ,रौतहट । तीन पटकको च्याम्पियन ट्रिनबागो नायट राइडर्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२० मा लगातार पाँचौ जित हात पारेको छ ।
शुक्रबार बिहान सम्पन्न खेलमा ट्रिनबागोले गायना अमेजन वारियर्सलाई ७ विकेटले पराजित गरेको हो । लगातार पाँच खेल जित्दै एक्लो अपराजित टोली बनेको ट्रिनबागो १० अंकसहित शीर्ष स्थानमा छ । ६ खेल खेलिसकेको गायाना चौथो हारपछि ४ अंकसहित चौथो स्थानमा छ ।
क्विन्स पार्क ओभलमा भएको खेलमा गायनाले दिएको ११३ रनको लक्ष्य ट्रिनबागोले १८।२ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गरेको हो । ट्रिनबागोका लागि टिम सेइफर्टले अविजित रहँदै सर्वाधिक ३९ रन बनाए । उनले ३० बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे । यस्तै टिम बेस्टरले २७ रन बनाए भने डारेन ब्राभोले अविजित २६ रन जोडे । गायनाका इमरान ताहिरले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गायनाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै ११२ रन बनाएको थियो । गायानाका लागि शिमरो हेतमायरल र रोस टेरले समान २६ रन बनाए । यस्तै कमो पउल २८ रनमा अविजित रहे । ट्रिनबागोका लागि खरी पिएरेल ३ विकेट लिए ।
यस्तै बिहीबार भएको खेलमा मोहम्मद नावीले ५ विकेट लिँदा सेन्ट लुसिया जुक्सले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सलाई पराजित गरेको छ ।
जुक्सले प्याट्रिओट्सलाई ६ विकेटले पराजित गर्दै लगातार पाँचौ जित हात पारेको हो । पहिलो खेलमा जमका तल्लावाहजसँग पराजित भएयता जुक्सले लगातार पाँच खेल जितेको हो ।
प्याट्रिओट्सले दिएको १११ रनको लक्ष्य जुक्सले १४।४ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । जुक्सको लागि नजिबुल्लाह जद्रानले ३३, रोस्टन चेसले २७ र रकिम कर्नवेलले २६ रन बनाए । प्याट्रिओट्सका इमरान खानले ३ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्याट्रिओट्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११० रन बनाएको थियो। बेन डंकले ३३ रन बनाए । जुक्सका लागि नावीले ४ ओभरमा १५ रन खर्चेर ५ विकेट लिए । सीपीएलको इतिहासमै यो तेस्रो उत्कृष्ट स्पेश हो भने नावीको व्यक्तिगत उत्कृष्ट बलिङ हो ।