लोक सेवा आयोगका पदाधिकारी सिफारिस गर्न सर्च कमिटी गठन

   १० भाद्र २०७७, बुधबार १४:२३  

१० भदौ, रौतहट । शिक्षा सेवा आयोगको अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न सर्च कमिटी गठन गरिएको छ ।

मंगलबारको मन्त्रिपरिषद बैठकले लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको नेतृत्वमा सर्च कमिटी गठन गरेको हो । शिक्षा ऐनमा भएको सातौं संशोधनमा आयोगमा १ अध्यक्ष र २ जना सदस्य (एक महिला) गरी ३ सदस्यीय आयोग गठन हुने प्रावधान छ । तर हाल दुई सदस्य पद रिक्त छन । आयोगका अध्यक्ष ताना गौतम छन । गौतमको पनि कार्यकाल सकिँदै छ ।

लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा मन्त्रालयका सचिव सदस्य रहने तीन सदस्यीय समितिको सिफारिसमा नेपाल सरकारले आयोगका पदाधिकारीहरुको नियुक्ति ५ वर्षका लागि गर्ने व्यवस्था शिक्षा ऐनमा छ ।