धोनीको कप्तानी बचाइएको खुलासा
भदौं २, रौतहट । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बीसीसीआई० का पूर्व अध्यक्ष एन श्रीनिवासनले आफूले विगतमा महेन्द्रसिंह धोनीको कप्तानी पद जोगाएको खुलासा गरेका छन् ।
भारतीय क्रिकेटका सफल कप्तान धोनीले शनिबार लामो समयदेखिको अन्योल चिर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका थिए ।
धोनीलाई सन् २०११ मा कप्तानी पद जोगाउन छनोट समितिले ल्याएको प्रस्ताव बीसीसीआई अध्यक्षका रूपमा ‘आफ्नो सबै अधिकार’ प्रयोग गर्दै उल्टाइदिएको श्रीनिवासनले खुलासा गरेका हुन् । भारतले धोनीको कप्तानीमा घरेलु मैदानमा २०११ को विश्वकप उपाधि जितेको थियो ।
तर त्यही वर्ष इंग्ल्यान्ड र अस्ट्रेलियामा भएको टेस्ट शृंखलामा समान ४–० को पराजयपछि धोनीको कप्तानी पद धरापमा परेको थियो ।विशेष गरी अस्ट्रेलियामा भारतले भोगेको हारपछि राष्ट्रिय छनोट समिति त्रिकोणात्मक शृंखलाको एकदिवसीय टोलीमा नयाँ कप्तान चाहिने निष्कर्षमा पुगेको थियो । त्यहीअनुरूप निर्णय पनि गरेको थियो । यसैमा श्रीनिवासनले बीसीसीआई अध्यक्षका रूपमा आफ्नो अधिकार प्रयोग गरेका थिए ।त्यो समयमा बीसीसीआईको विधानअनुसार छनोट समितिले प्रस्ताव गरेको निर्णयलाई अध्यक्षले अनुमोदन गर्नुपर्ने थियो ।
श्रीनिवासनले यही अधिकार प्रयोग गरेर छनोट समितिको प्रस्ताव हस्तक्षेप गरेका थिए । सो समयमा धोनीको स्थानमा अर्का कप्तान छनोट गरिएको थियो कि थिएन भनेर खुलाइएको छैन । तर श्रीनिवासनले आफ्नो अधिकार धोनीलाई कप्तानमा यथावत् राख्न मात्र प्रयोग गरेको बताएका छन् ।
‘यो २०११ को कुरा हो, भारतले विश्वकप जितेको थियो । त्यसपछि अस्ट्रेलियामा हामीले राम्रो गर्न सकेनौं । छनोट समितिका एक सदस्यले धोनीलाई एकदिवसीय कप्तानबाट हटाउन चाहन्थे,’ श्रीनिवासनले इन्डियन एक्सप्रेससँग भनेका छन्, ‘तर उनलाई एकदिवसीयको कप्तानीबाट कसरी हटाउन सकिन्थ्यो र रु उनले २०११ मै भारतलाई विश्वकप उपाधि दिलाएका थिए ।
छनोटकर्ताले उनको स्थानमा कसलाई कप्तान बनाउने भन्ने सोचेका पनि थिएनन् । औपचारिक बैठकअगाडि धोनीको कप्तानीबारे छलफल भइरहेको थियो, त्यसमा मैले उनी कप्तानबिना खेलाडी नरहने जनाएको थिएँ ।’
उनले अगाडि भनेका छन्, ‘वास्तवमा म बिदामा थिएँ, गल्फ खेलिरहेको थिएँ ।
त्यतिखेर सञ्जय जगदले बीसीसीआई सचिव थिए । उनले मलाई छनोट समितिले कप्तान छनोट अस्वीकार गरिरहेका र उनीहरूले धोनीलाई खेलाडीका रूपमा मात्र राख्न चाहिरहेको बताए । म आएँ अनि एमएस धोनी नै कप्तान हुन्छ भनिदिएँ । मैले बीसीसीआई अध्यक्षका रूपमा रहेको सबै अधिकार प्रयोग गरिदिएँ ।’
श्रीनिवासनले त्यसै विषयलाई अहिले पुष्टि गरेका छन्, जसको त्यतिखेर कप्तानी परिवर्तन हुन लागेको बारे धेरै अनुमान लगाइएको थियो । श्रीनिवासन बीसीसीआईका अध्यक्षका साथै इन्डियन प्रिमियर लिग ९आईपीएल० को फ्रेन्चाइज टोलीका मालिक पनि थिए । धोनी त्यसको पनि कप्तान थिए । अर्को हिसाबले अनुमान त्यतिखेर मोहिन्दर अमरनाथलाई छनोट समितिबाट बर्खास्त गरिएपछि अनुमान लगाइएको थियो, जबकि उनी क्रिस श्रीकान्तको स्थानमा छनोट प्रमुख भएर आउनेक्रममा थिए ।
अमरनाथले त्यतिखेर धोनीलाई कप्तानीबाट हटाउनुपर्ने आवाज उठाएका थिए । अमरनाथसँगै भारतीय टोलीबाट खेलेका सन्दीप पाटिललाई पछि छनोट प्रमुख बनाइएको थियो ।
अमरनाथले पनि ८ वर्षअघि यस प्रकरणको उद्घोष गर्दै बीसीसीआई अध्यक्ष श्रीनिवासनले धोनीलाई कप्तानीबाट हटाउन खोज्दा हस्तक्षेप गरेको जनाएका थिए । अमरनाथले युवा खेलाडीलाई नयाँ कप्तान बनाउन लागिएको पनि जनाएका थिए । ‘हामीले त्रिकोणात्मक शृंखलाका लागि १७ खेलाडी छनोट गरेका थियौं । तर कप्तान छानेका थिएनौं,’ अमरनाथले भने, ‘कप्तान अरू कसैले छानेका थिए ।’
श्रीनिवासनले जति चाहियो त्यति धोनीले चेन्नईबाट आईपीएलमा खेल्न सक्ने बताएका छन् । धोनीले आफ्नो अन्तर्राष्ट्रिय संन्यास चेन्नईबाटै गरेका थिए । चेन्नईसँगै अहिले धोनी प्रशिक्षण सिविरमा छन् । यस वर्षको आईपीएल खेल्न उनी यूएई लाग्दैछन् ।
‘उनले जति चाह्यो त्यति चेन्नईबाट खेल्न सक्नेछन्,’ श्रीनिवासनले भनेका छन्, ‘अहिले चेन्नईलाई आईपीएल जित्न दिऊँ । उनी म्याचभन्दा बाहिर केही सोच्दैनन्, चेन्नईको सफलताको कारण यही हो । उनले कहिले अस्वीकार गरेनन् र हामी त्यही पथ पछ्याइरहेका छौं ।’
यसै महिनाको सुरुवातमा चेन्नईका प्रमुख कार्यकारी प्रमुख कासी विश्वनाथनले कम्तीमा दुई वर्ष धोनीले आफ्नो फ्रेन्चाइज टोलीका लागि खेलिरहने विश्वास लिएका थिए ।