अनुमतिपत्र लिएर मात्रै इन्टरनेट सेवा सचालन गर्न दूरसञ्चारको आग्रह

   २६ जेष्ठ २०७९, बिहीबार १४:३९  

२६ जेठ, रौतहट । अनुमतिपत्र लिएर मात्रै दूरसञ्चार सेवा दिने नेपाल दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ ।

प्राधिकरणले अनुमतिपत्र नलिई सेवा सञ्चालन नर्गन आग्रह गर्दै सूचना जारी गरेको छ । दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था रहेका नेपाल प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

विगतका केही दिनयता कानुनी व्यवस्थाको बर्खिलाप गरी स्याटेलाइट प्रविधिबाट इन्टरनेट सञ्चालन भइरहेको भन्दैँ उजुरी आएपछि अनुमतिपत्रबिना इन्टरनेट सेवा संचालन नगर्न आग्रह गर्दै प्राधिकरणले विज्ञप्ति लजारी गरेको छ ।

अनुमतिबिनै दूरसञ्चार सेवा सञ्चालन गरेको पाइए भने कानुनबमोजिम कारबाही समेत गर्ने सूचनामा उल्लेख गरिएको छ ।

प्राधिकरणले अनुमतिपत्र प्राप्त नगरी गैरकानुनीरूपमा कसैले पनि इन्टरनेट सेवा सञ्चालन गरेको वा वितरण गरेको फेला परेमा खबर गर्नसमेत अनुरोध गरेको छ ।