आज विवाह गर्दै केकी अधिकारी
८ वैशाख, रौतहट । अभिनेत्री केकी अधिकारी आज विवाह गर्दै छिन् ।
प्रेमी रोहित तिवारीसंग केकी अधिकारी बिहीबार परम्पराअनुसार विवाह गर्दै छिन् । काठमाडौंको धापासीस्थित ग्रान्डी भिल्ला अपार्टमेन्टमा बिहीबार दिउँसो विवाह कार्यक्रम हुन लागेको छ ।
परिवार र निकट आफन्तको उपस्थितिमा विवाह हुने भएको छ । बुधबार उनीहरुको मेहेन्दी उत्सव भएको थियो । विवाह समारोहमा केकीले आफू निकट केही साथीहरुलार्ई पनि बोलाएकी छन् ।
एक वर्षदेखिको प्रेमलाई यी दुईले विहेमा परिणत गर्न लागेका हुन् । केकी फिल्म र टेलिभिजन रियालिटी शोहरुमा व्यस्त छिन् भने रोहित हाम्रोबजार डटकमका सीईओ हुन् ।






