रणवीर र आलियाको विवाह मिति सार्वजनिक
२६ चैत, एजेन्सी । बलिउड अभिनेता रणवीर कपूर र आलिया भट्ट अप्रिल १७ मा विवाह गर्ने भएका छन् । अप्रिल १७ मा आर के हाउसमा अभिनेता रणवीर कपूर र आलिया भट्टले विवाह गर्ने भएका हुन् ।
विवाह समारोह अप्रिल १४ देखि सुरु हुनेछ र स्वागत समारोह मुम्बईमा अप्रिल १८ मा सम्पन्न हुनेछ । आलिया भट्टका काका, साहित्यकार तथा अभिनेता रबिन भट्टले यसको पुष्टि गरेका हुन् । विवाहका लागि महेश भट्टले पनि आफ्नो सुटिङबाट विश्राम लिएका छन् ।
रबिनले भने, विवाहमा घनिष्ठ साथीहरूलाई मात्र बोलाइन्छ । विवाह समारोह चार देखि पाँच दिनसम्म चल्नेछ, त्यहाँ विभिन्न समारोहहरू हुनेछन् । यी दुईको विवाह सामान्य पञ्जाबी शैलीमा आरके हाउसमा हुनेछ । एजेन्सी






