स्रोत नखुलेको भारतीय नोटसहित तीन जना महिला पक्राउ

   २५ आश्विन २०७९, मंगलवार ११:२४  

२५ असोज, पर्सा । स्रोत नखुलेको रकमसहित पर्साको वीरगञ्जबाट तीन जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्रोत नखुलेको भारीतय नोटसहित पक्राउ पर्नेमा धादिङकी ३० वर्षीया मन्जु तामाङ, ४४ वर्षीया सरिता अग्रवाल र नुवाकोटका ४५ वर्षीया अनिता तामाङ रहेको प्रहरीले जनाएको छ ।

भारतको रक्सौल हुँदै वीरगञ्ज नाकामा आएका तीनै जनालाई शनिबार बिहानै प्रहरीे चेकजाँच गर्ने क्रममा पक्राउ गरेको थियो । उनीहरुको साथबाट २८ लाख ५६ हजार भारतीय नोट बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुसंग बरामद भएको रुपैयाँको स्रोत नखुलेकोले तीनै जनालाई हिरासतमा लिएको छ ।
पक्राउ परेका तीनै जनामाथि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।