अभिनेत्री स्वेता खड्कालाई कोरोना पुष्टि
द नेपाल मिडिया
४ माघ २०७८, मंगलवार १४:२५
४ माघ, एजेन्सी । अभिनेत्री स्वेता खड्कालाई कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । आफू कोरोना संक्रमित भएको जानकारी अभिनेत्री खड्काले सामाजिक सञ्जालमार्फत् दिएकी हुन् ।
उनले फेसबुकमा लेखेकी छन् ‘म कोरोना भाइरस संक्रमित भएँ, म निको भएर फेरि भेट्ने छु । सबै सुरक्षित रहनुहोला ।’






