बलिउडमा अनुष्काको कमब्याक
२२ पुस, एजेन्सी ।
बलिउड अभिनेत्री अनुष्का शर्मा तीन वर्षपछि बलिउडमा कमब्याक गरेकी छन् । अनुष्कालाई ठूलो पर्दामा हेर्न दर्शकहरूको लामो पर्खाइ अब सकिँदैछ ।
अनुष्काले आफ्नो इन्स्टाग्रामको अकाउन्टमा आफ्नो नयाँ फिल्म चक्दा एक्सप्रेसको फर्स्टलूक शेयर गरेकी छन् । चलचित्रमा पहिलोपटक उनी क्रिकेटरको भूमिकामा देखिनेछिन् ।
चलचित्रमा अनुष्का क्रिकेटर झुलन गोस्वामीको भूमिका निभाउँदैछिन् । उनले यसको सुटिङ चाँडै हुन लागेको पनि आफ्नो इन्टाग्रामार्फत जानकारी दिएकी छन् ।






