जसपा केन्द्रीय समितिको बैठक बुधबारबाट सुरु भएको बैठक २६ साउनसम्म लम्बिन सक्ने

   २१ श्रावण २०७७, बुधबार १३:४९  

साउन २१, रौतहट । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर बनेको जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ । बैठक बुधबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा सुरु भएको हो।

आज बसेको बैठकमा राजनीतिक प्रतिवेदन, समायोजन निर्देशिका, आर्थिक व्यवस्थापन लगायतका एजेण्डा रहेको जसपा वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए ।

त्यस्तै महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहेको यो पार्टीमा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईको वरीयता विवाद मिल्न बाँकी छ । नेताहरूको वरीयता विवादबारे पनि छलफल हुने एक नेता बताउँछन । उनका अनुसार अनिलकुमार झा र राजकिशोर यादवको असन्तुष्टि भने सम्बोधन भइसकेको छ ।

बुधबारबाट सुरु भएको बैठक बढीमा २६ साउनसम्म लम्बिन सक्ने जसपा नेता रकम चेम्जोङले जानकारी दिए । वैशाख १० मा पार्टी एकीकरण घोषणा गरेको जसपाले २८ असारमा निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको थियो ।