प्रेमीसँग सुस्मिता सेनको ब्रेकअप
९ पुस,
बलिउड अभिनेत्री सुस्मिता सेनको प्रेमी रोहमन सलसँग ब्रेकअप भएको छ ।
सुस्मिताको घरमा बस्दै आएका रोहमनले आफ्ना सबै सामान लिएर साथीको घरमा बस्न थालेको सुस्मिता र रोहमन निकट स्रोत दिएको जानकारी अनुसार भारतीय समाचारमा छापिएको छ । उनीहरुले ब्रेकअपको बारेमा मुख नखोले पनि यो जोडीबीच केही समययता खटपट रहदै आएको थियो ।
सुस्मिता विगत अढाई वर्षदेखि रोहमनसँग डेटमा थिइन् । रोहमन र सुस्मिताको उमेरमा करिब १६ वर्षको फरक रहेको उनीहरु लिभ–इन–रिलेसनसिपमा थिए । रोहमनको सुस्मिताका दुई छोरी रेनी र अलीशासँग राम्रो सम्बन्ध छ ।
दुवै छोरीहरु रोहमनलाई ‘बाबा’ भनेर बोलाउने गर्छन् । सुस्मिता ४६ वर्षकी र रोहमन ३० वर्षका हुन् । एजेन्सी






