बुद्ध एयरको मोवाइल अलर्ट सेवा सञ्चालनमा

   २८ मंसिर २०७८, मंगलवार ११:२९  

२८ मंसिर, रौतहट । बुद्ध एयरको फ्लाइट अलर्ट मोवाइल सेवा सञ्चालनमा आएको छ । यो सेवा शुरु भएसँगै यात्रुले अब टिकट काटेपछि आफ्नो उडानबारे कुनै सूचना भए एसएमएसबाटै खबर पाउने भएका हुन् ।

विशेषगरी मौसमका कारण हुने उडान रद्द र डिले हुने अवस्था अहिले दोहोरिएको छ । यसले विमानस्थलमा भीड बढाएको छ । अब कुनै पनि कारणले उडान प्रभावित हुने भएमा त्यस्तो सूचना यात्रुको मोवाइलमै आउने भएको हो ।

यात्रुले टिकट बुक गर्दा नै आफ्नो सही मोवाइल नम्बर दिन बुद्ध एयरले अनुरोध समेत गरेको छ ।