इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टरको जित
द नेपाल मिडिया
२६ मंसिर २०७८, आईतवार ११:४९
२६ मंसिर, रौतहट । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित हात पारेको छ । शनिबार राति भएको खेलमा युनाईटेडले नर्विच सिटीलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
युनाईटेडको जितमा क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरे । रोनाल्डोले खेलको ७५ औं मिनेटमा प्राप्त पेनाल्टीमा गोल गरेका थिए ।
युनाईटेडले १६ खेलमा २७ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।
नर्विच १० अंक सहित तालिकाको पुछारमा छ ।






