प्रदेश स्तरीय महिला क्रिकेटमा बाराको उत्कृष्ट प्रदर्शन

   २१ मंसिर २०७८, मंगलवार २३:२६  

२१ मंसिर । प्रधानमंन्त्री कप प्रदेश स्तरिय टि ट्वान्टी महिला सिनियर छनाेट क्रिकेट प्रतियाेगिता अन्तर्गत आज भएकाे दुई वटा खेलमा बारा र सिरहा विजयी भएको छ ।

पहिलाे खेलमा बाराका राष्ट्रिय खेलाडी साना प्रविणकाे उत्कृष्ट प्रदर्शनले बाराले १० विकेटले जित हाँसिल गरेकाे छ। त्यस्तै आज भएको पहिलो खेलमा सिराहाले महाेतरीलाई ५७ रनले पराजित गरेको छ।

मंगलवार राजबिराज स्थित राजरंगशाला खेल मैदानमा पहिलाे खेलमा टस जितेर सिरहा ले निर्धारित २० अाेभरमा ९ बिकेट गुमाएर १ सय १३ रन काे याेगफल खडा गरेका थियो। जसमा सिरहा का संताेषी चाैधरी ले ३५ रन अारती चाैधरी ले २९ रन जाेडेका थिए। बलिँग तर्फ महाेतरी राेजी खत्री र गाेमा अाले ३/३ बिकेट हात पारेका थिइन।

प्रतिउतरमा महाेतरी ले १६ अाेभरमा सब‌ै बिकेट गुमाई ५६ रन मै सिमित रहेको थियो । जसमा टिमका लागि शाेभा अाले २१ रन बाहेक कुनै खेलाडी दाेहाेर अंक पार गर्न सकेनन। यता बलिंग तर्फ सिरहाकी अनुराधा चाैधरी र चान्दनी साह २/२ विकेट तथा संताेषी चाैधरी, सरसस्वति चाैधरी, अारती चाैधरी ले १/१ बिकेट लिएका छिन। खेल काे प्लेयर अफ दि म्याच संताेषी चाैधरी घाेषित भएकी छिन ।

यस्तै अाजै सम्पन्न दाेस्राे खेलमा टस जितेर सर्लाही ले २० अाेभरमा ७ बिकेट गुमाई ८० रनकाे याेगफल खडा गरेको थियो । सर्लाहीको तर्फबाट अारती सिँहले ३६ रन बनाएकी थिइन । उनि बाहेक कुनै पनि खेलाडी ले दाेहाेर अंक पार गर्न सकेन ।

बलिँगतर्फ बाराका साना प्रविण ले ४ अाेभरमा १ मेडन राख्दै ११ रन खर्चेर ३ बिकेट तथा प्रिंयका गुप्ता, प्रतिमा साह, बन्दना गुप्ताले १/१ बिकेट हात पारिन। फिल्डिङमा बाराका तर्फबाट मधु राउतले उत्कृष्ट क्याच समातेकी थिइन । राउतले समातेको तेस्रो क्याच निकै उत्कृष्ट रहेको थियो ।

प्रतिउतरमा बाराले ८ अाेभर १ बल खेल्दै कुनै पनि खेलाडी नगुमाई लक्ष्य हात पारेको थियो । टिमलाई जिताउन साना प्रविले ३१ बलमा ६ चाैका प्रहार गर्दै ४२ रन अविजित खेलेकि थिइन भने अर्का खेलाडी अलिसा यादब ले २४ रन बनाएकी थिइन । कुनै विकेट नगुमाएर बाराले १० विकेटले जित हात पारेको हो ।

यसैगरी भाेली सर्लाही र सप्तरी तथा सिरहा र बारा बिच खेल हुने सप्तरी क्रिकेट सँघका सचिव चन्दन कुमार यादबले बताए ।