सामसङ ग्यालेक्सी ए ५१ फोन उत्कृष्ट
काठमाडौँ — सामसङको ग्यालेक्सी ए ५१ सन् २०२० को पहिलो त्रैमासिकमा उत्कृष्ट एन्ड्रोइड फोन हुन सफल भएको छ । विगत लामो समयदेखि लोकप्रिय ब्राण्डको रुपमा आफूलाई उभ्याउन सफल सामसङको यो स्मार्टफोनले यस वर्ष पनि पहिलो नम्बरमा सुरक्षित राख्न सफल भएको हो ।
अन्य प्रतिस्पर्धी मोबाइललाई पछि पार्दै सामसङको ग्यालेक्सी ए ५१ पहिलो नम्बरमा आएको दाबी सामसङ कम्पनीले दाबी गरेको छ । सामसङले यो अवधिमा विश्वभरमा ६० लाख भन्दा बढी मोबाइल सेट बिक्री भएको जिकिर गरेको छ ।एक अध्ययन अनुसार सामसङको ग्यालेक्सी ए ५१ फोर जी स्मार्टफोनले विश्व बजारमा २ दशमलव ३ प्रतिशत बजार हिस्स ओगटेको छ । सो अध्ययनले रेडमी दोस्रो स्थानमा रहन सफल भएको जनाएको छ । सो अध्ययन अनुसार रेडमीको बजार हिस्सा १ दशमलव ९ प्रतिशत छ । तेस्रो स्थानमा सामसङकै एस २० प्लस छ । जसको बजार हिस्सा १ दशमलव ७ प्रतिशत छ । सो अध्ययनले चौथो र पाँचौं स्थानमा क्रमशः सामसङको ए १० र रेमडी नोट ८ रहेको देखाएको छ । यी दुवैको बजारहिस्सा १ दशमलव ६ प्रतिशत छ ।