संदिप लामिछानेलाई दिल्ली क्यापिट्ल्सको शुभकामना
१८ साउन, रौतहट । दिल्ली क्यापिट्ल्सले एक पोष्टर जारी गर्दै नेपाली यूवा क्रिकेटर संदिप लामिछानेलाई जन्मदिनको शुभकामना दिएको छ ।
आइपीएलमा सहभागीता जनाउने दिल्ली क्यापिटल्सले सामाजिक संजालमा पोष्ट गर्दै आईपीएलमा खेल्ने पहिलो नेपाली क्रिकेटर बनेर इतिहास सिर्जना गर्ने एक प्रतिभाशाली प्रतिभा, आईपीएलमा खेल्ने पहिलो नेपाली क्रिकेटर भन्दै संदीप लामिछानेले आज २० औं जन्मदिनको शुभकामना दिएको हो ।
लामीछाने हाल क्यारेबियन प्रिमियर लिग (सिपीएल) खेल्नका लागी ट्रिनिडाड एण्ड टोबागोमा रहेका छन । तेश्रो संस्करणको सिपीएलमा उनी जमैका तल्लावाहजबाट रु. १ करोड ५६ लाखमा अनुबंधित भएका छन ।