छोराको कारण मिडियाबाट भाग्दै शाहरुख खान

   २२ कार्तिक २०७८, सोमबार १२:२३  

२२ कात्तिक, बलिउड अभिनेता शाहरुख खान मिडियाको अगाडी आउन नै खोजिरहेका छैनन् ।

ड्रग्स किनेको र सेवन गरेको आरोपमा केही दिन अगाडी पक्राउ परेको आर्यन खान जेल परेपछि शाहरुख मिडियाबाट टाढा हुदैँ गएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

मिडिया रिपोर्टका अनुसार शाहरुख खानलाई अन्तरवार्ताका लागि विदेशी मिडियाहरुले सम्पर्क गरेका थिए । सबै शाहरुख खानका छोराको बारेमा जान्न चाहान्थे ।
तर, शाहरुख खानले सबैलाई कुराकानी गर्न अस्वीकार गरिदिए । एजेन्सी