४८ औं जन्मदिन मनाउँदछिन् ऐश्वर्या राय बच्चन
१५ कात्तिक, बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन आज ४८ औं जन्मदिन मनाउँदैछिन् ।
आफ्नो सुन्दरताको कारण सधै चर्चामा रहने ऐश्वर्या राय बच्चन सन् १९९४ मा विश्व सुन्दरीको ताज हासिल गरेकी थिइन् । ४७ वर्ष नाघिसकेकी ऐश्वर्याको सुन्दरता अझै उस्तै आर्कषक छ ।
अभिषेक बच्चनसँग विहे गरेपछि फिल्मी दुनियाँबाट केही पर रहेकी ऐश्वर्या समय समयमा सामाजिक सञ्जालमा विभिन्न कारणले चर्चामा आइरहन्छिन् ।
ऐश्वर्याले सन् १९९७ मा चलचित्र ‘इरुवर’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । उनलाई सानै उमेरमा थुप्रै सफल ब्यानरले चलचित्रमा अफर गरेका थिए । तर, उनले कैयौं ठूला प्रोजेक्टहरुलाई छाडेकी थिइन् ।