बुधबार थपिए ६७२ संक्रमित, ८ जनाको मृत्यु
१० कात्तिक, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ७२ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ७ हजार १६७ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ५८२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै, २ हजार ३२८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९० जनामा एन्टिजेन संक्रमण देखिएको छ ।
त्यसैगरी, यो अवधिमा थप ४ सय ९० जना कोरोना संक्रमणमुक्त भएका छन् । कोभिड १९ को संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ८ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल देशभर कोरोना संक्रमितको सक्रिय संख्या १० हजार ३ सय ७५ रहेको छ ।






