बाँकेबाट ७ जुवाडे पक्राउ
९ कात्तिक, रौतहट । बाँकेको कोहलपुर नगरपालिका पिपिरीबाट ७ जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जुवाडेहरुलाई छल्न प्रहरीले एम्बुलेन्स प्रयोग गरी उनीहरुलाई जुवाको खालबाट पक्राउ गरेको छ । जुवा खालबाट उनीहरुको साथबाट साढे ३ लाख रुपैयाँ समेत बरामद भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालले जानकारी दिए ।
पक्राउ परेका उनीहरुमाथि अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।