छैटौं पटक पनि आर्यनको जमानत अस्वीकार

   ४ कार्तिक २०७८, बिहीबार १३:०६  

४ कात्तिक, ड्रग्स किनेको र सेवन गरेको आरोपमा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको मुद्दामाथि छैटौं पटकको सुनुवाइ भएको छ ।

बुधबार भएको छैटौं पटकको सुनुवाइमा पनि आर्यनलाई जमानत दिन मुम्बईको एनडिपिएस अदालतले अस्वीकार गरेको छ । एनसिबीले मुम्बईको एक क्रुज पार्टीबाट आर्यनलाई हिरासतमा लिएको थियो । एजेन्सी