शाहरुख खानको चिन्ता बढ्दैँ

   २६ आश्विन २०७८, मंगलवार १५:०१  

२६ असोज, क्रुज सिपमा ड्रग्स पार्टी गरिरहेको अवस्थामा आर्यन खान पक्राउ परेपछि बलिउड अभिनेता शाहरुख खानलाई चिन्ता भएको छ ।

इन्डिया टुडेले शाहरुख खानको परिवारका नजिकका व्यक्तिसँगको कुराकानीमा शाहरुख र गौरी आर्यनको विषयलाई लिएर चिन्तामा छन् । उनीहरुले यति लामो समयसम्म यो काण्ड चल्छ भन्ने सोचेका थिएनन् ।

आर्यन पक्राउ परेपछि बलिउड उद्योगलाई नै आश्चर्यमा पारेको छ । आर्यन पक्राउ परेपछि शाहरुखले देशका ठूला व्यक्तिहरुलाई फोन गरेर सल्लाह लिएका थिए । उनले सतिश मानशिन्देलाई फोन गरेर ल्याए । उनले शाहरुखलाई आर्यनको जमानत हुने विश्वास दिलाएका थिए तर, उनको जमानत हुन सकेन । त्यसपछि झन् शाहरुखलाई झट्का लाग्यो ।’ शाहरुख खानले एनसीबीसँग लगातार कुराकानी गरिरहेका उनको निकट स्रोतले बताएको छ ।

भोलि अक्टोबर १३ मा पुनः उनको जमानतको सुनुवाई हुने भएको छ । उनका वकिल सतिश मानशिन्देले सेन्सस कोर्टमा उनको जमानतको लागि अपिल गरेका छन् । एजेन्सी