छनोटमा चिलीले पराग्वेलाई हरायो

   २५ आश्विन २०७८, सोमबार ११:३९  

२५ असोज, रौतहट । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा चिलीले पराग्वेलाई हराएको छ ।

सोमबार बिहान भएको खेलमा चिलीले पाराग्वेलाई २-० गोलले हराएको हो ।

चिलीलाई जित दिलाउन बेन ब्रेरेटोन र मौरिसियो इस्लाले एक एक गोल गरे ।

जितसँगै चिली ११ खेलमा १० अंकसहित आठौं स्थानमा छ । पाराग्वे १२ अंकसहित छैटौँ स्थानमा छ ।