भारतीय कलाकार रामायणका रावणको निधन

   २० आश्विन २०७८, बुधबार १२:१९  

२० असोज, रौतहट । टेलिभिजनको लोकप्रिय शो रामायणमा रावणको भूमिकामा देखिने भारतीय कलाकार अरविंद त्रिवेदीको निधन भएको छ । भारतको पूर्व सांसदसमेत रहेका त्रिवेदीको ८३ वर्षको उमेरमा मंगलबार गएराति निधन भएको हो ।

त्रिवेदीका भतिज कौस्तुभ त्रिवेदीले मृत्युबारे पुष्टि गरेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ । दुई दिन अघि देखि उनको स्वास्थ्यमा समस्या भएको जनाइएको छ । रामायण शोबाट उनी घरघर पुगेका थिए ।

त्रिवेदीले लगभग ३०० भन्दा बढी हिन्दी तथा गुजराती फिल्ममा अभिनय गरिसकेका छन् । त्रिवेदी १९९१ मा भारतीय जनता पार्टीका तर्फबाट सांसद्मासमेत निर्वाचित भएका थिए ।