शाहरुख खानका छोरा प्रहरी नियन्त्रणमा
१७ असोज, बलिउड अभिनेता शाहरुख खानका छोरालाई भारतको नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले शनिबार राती नियन्त्रणमा लिएको छ ।
मुम्बईमा एक क्रुज सिपमा छापा मारेर बलिउड स्टार शाहरुख खानका छोरासहित १३ जनालाई प्रहरीले हिरासतमा लिएको छ । उक्त क्रुज सिपमा ड्रग्स पार्टी चलिरहेको भारतीय प्रहरीले जनाएको छ ।
पक्राउ परेका शाहरुखका छोरा आर्यन खानमाथि यसबारे अनुसन्धान भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । छानविन चलिरहेकाले प्रहरीले धेरै प्रतिक्रिया दिन नमानेको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आर्यन खान पार्टीमा उपस्थित भएपनि उनको साथबाट ड्रग्स भने बरामद भएको छैन । एजेन्सी