आलियाका भट्टका दुई रिलिज हुने मिति सार्वजनिक

   १७ आश्विन २०७८, आईतवार १३:४४  

१७ असोज, बलिउड अभिनेत्री आलिया भट्टको दुई फिल्म एकैसाथ रिलिज हुने भएको छ ।

आलिया भट्ट, जुनियर एन्टीआर, रामचरण र अजय देवगन अभिनित प्रतीक्षित फिल्म ‘आरआरआर’ को रिलिज मिति सार्वजनिक गरिएको छ । बाहुबली निर्देशक एसएस राजामौलीले बनाएको फिल्म ७ जनवरी २०२२ मा हलमा लाग्ने अभिनेत्री आलिया भट्टले सार्वजनिक गरेकी छन् ।

सामाजिक सञ्जाल मार्फत भट्टले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै रिलिज मिति समेत बताएकी हुन् । यसअगाडि फिल्म २०२१ मै रिलिज हुने बताइएको थियो । तर, कोरोनाको जोखिम कायमै रहेकोले अहिले भने २०२२ रिलिज मिति सार्वजनिक गरिएको छ । बलिउड र दक्षिण भारतीय फिल्म दुबैको एक्सन आरआरआरमा देख्न सकिनेछ । फिल्मको बजेट ४०० करोड बताइएको छ ।

आरआरआर अगाडि आलियाले फिल्म ‘गंगुबाई काठियावाडी’ को पनि रिलिज मिति सार्वजनिक गरेकी थिइन् । यसको पनि रिलिज मिति ७ जनवरी २०२२ बताइएको छ । एजेन्सी