पीएसजी लगातार ६ पटक जित्न सफल
४ असोज, रौतहट । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पीएसजीले लगातार ६ खेलमा जित निकाल्न सफल भएको छ । आइतबार राति भएको खेलमा पीएसजीले लियोनमाथि २–१ गोल अन्तरले जित निकालेका थिए ।
घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन नेयमार र आउरो इकार्डीले समान एक–एक गोल गरे । लियोनका लागि पाकिउटेले एक गोल गरे ।
खेलमा सुरुवाती अग्रता भने लियोनले बनाएको थियो । ५४औं मिनेटमा पाकिउटेले गोल गर्दै टिमलाई अग्रता दिलाए । ६६औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई बराबरीमा पुर्याए ।
खेलको इन्ज्यूरी समयमा माउरो इकार्डीले गोल गर्दै पीएसजीले २–१ गोलको जित निकाल्यो । जितसँगै पीएसजीले लिग वानमा ६ खेलसम्म अपराजित यात्रा कायम राखेको छ ।
पीएसजीले ६ खेलमा १८ अंक जोडेको छ । पराजित लियोनले ८ अंक जोडेको छ ।