रणवीरको फिल्ममा दीपिका प्रवेश
२७ भदौँ, बलिउड अभिनेता रणवीर सिंहको आगामी फिल्म ‘सर्कस’मा अभिनेत्री दीपिका पादुकोण उनकी श्रीमतीले नै प्रवेश गरेकी छिन् ।
रोहित सेट्टीको निर्देश्नमा बनिरहेको रणवीरको नयाँ फिल्ममा रणवीकी पत्नी दीपिकालाई गेस्ट रोल दिएको छ । गेस्ट रोलमा आएकी दीपिका फिल्मको एउटा गीतमा ‘मीनम्मा’को भूमिकामा देखिने छिन् ।
यो फिल्ममा रणवीर सिंहले पनि पहिलोपटक दुई रोलमा अभिनय गर्दै छन् । हालसम्म बाहिरिएको जानकारीका अनुसार रणवीर फिल्ममा एउटा सिद्धार्थ नामक पात्रको भूमिकामा देखिनेछन्, भने अर्को पात्र हालसम्म खुलाइएको छैन् । एजेन्सी