अक्षय कुमारलाई मातृशोक
२३ भदौँ, रौतहट । बलिउड अभिनेता अक्षय कुमारकी आमाको निधन भएको छ ।
आज बिहान अक्षयकी ७७ वर्षीया आमाको निधन भएको हो । मुम्बईस्थित हिरानन्दानी अस्पतालको आईसीयूमा उपचाररत अक्षयकी आमाको बुधबार बिहान सनधन भएको अक्षय स्वयंमले ट्विट गर्दै जानकारी गराए ।
अभिनेताले लेखेका छन्, , “उहाँ मेरो मूल हुनुहुनथ्यो । र, आज म निको नहुने घाउ महसुस गरिरहेको छु । मेरी आमा अरुणा भाटियाले आज बिहान शान्तिपूर्वक यो संसार छोडेर मेरो बुवासँग अर्को संसारमा प्रस्थान गर्नुभएको छ । एजेन्सी