सायरा बानोलाई सास फेर्नमा समस्या

   १६ भाद्र २०७८, बुधबार १४:५६  

१६ भदौँ, बलिउड अभिनेता दिलिप कुमार बितेको दुई महिना नबित्दै उनी पत्नी सायरा बानोलाई सास फेर्न मुश्किल भएको छ ।

५४ वर्षदेखि दिलिप कुमारसंग जीवन बिताएकी बानोका पतीबियोग उनको स्वास्थ्यमा देखिन थालेको छ । सास फेर्न गाह्रो भएसंगै तीन दिनदेखि अघि उनी उपचारको लागि हिन्दुजा अस्पतालको आइसीयूमा भर्ना भएकी छिन् ।

७६ वर्षीया बानोको स्वास्थ्य अवस्था स्थिति रहेको भारतीय समाचारमा प्रकाशित गरिएको । उनको रक्तचाप साधारण रहेको र अक्सिजनको स्तर पनि कम नै हुन्छ जसका कारण उनलाई सास फर्ने समस्या भइरहेको छ । एजेन्सी